यात्रुवाहक बसमा लागुऔषध ओसारपसार, नवलपुरमा २ जना पक्राउ




नवलपुर ।
यात्रुबहाक बसमा राखेर लैजादै गरेको अवस्थामा नवलपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी बर्दघाट –१३ का २५ वर्षिय रामु नाउ र नवलपरासी सुनवल नगरपालिका–७ बस्ने २७ वर्षिय राजकुमारी कुँवर छन् ।
उनीहरुको साथबाट २ हजार ७७० एप्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङ्ले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यात्रुबहाक बसलाई चालिस किलो जंगलमा जेचजाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद भएका लागुऔषध र संलग्न व्यक्तिमाथि कारबाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...