नेपाल मोबाइल व्यवसायी संघ नवलपुरमा दिर्घ सिं कुमालको नेतृत्वमा नयाँ समिति चयन

रामकुमार श्रेष्ठ –
नवलपुर । नेपाल मोबाइल व्यवसायी संघ नवलपुरको प्रथम अधिवेशनबाट दिर्घ सिं कुमालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
कावासोतीमा भएको तेस्रो साधारण सभा तथा पहिलो अधिवेशनले कुमालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा बिशाल तिवारी, सुशील श्रेष्ठ र संगीत सापकोटा, सचिवमा जोख बहादुर खत्री रोहित, सहसचिवमा नारायण रेग्मी र कोषाध्यक्षमा हरि पौडेल चयन भएका छन् ।
त्यसैगरी समितिका सदस्यहरुमा बिरेन्द्र महतो, सुमन भण्डारी, शिव कंडेल, खेमु गाहा मगर, टि आर सापकोटा, धनराज पाठक चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा भगवान गुरुङ, गणेश नगरकोटी, कुशल बराल र संथापक अध्यक्ष शिव पोख्रेल चयन भएका छन् ।
संस्थापक अध्यक्ष शिव पोख्रेलको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिहरु तथा नयाँ सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष उदयबहादुर केसी, विशेष अतिथि गण्डकी प्रदेश अध्यक्ष देवनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।