नवलपुरः भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको गैडाकोट २ मौलाकालिका गेट स्थित पूर्वपश्चिम राजमार्गमा पिक अप भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।
बा.प्र.०१–००३ च १४०७ नम्वरको पिकअप भ्यान र ना ९ प ८२१५ नम्वरको स्कुटर एका आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्कुटर चालक नवलपुरको गैडाकोट नगरपालिका २ निवासी ३१ बर्षीय रण बहादुर थापा मगरको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मगरलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेकोको प्रहरीले जनाएको छ ।
ठक्कर दिने भ्यान र भ्यान चालक मध्यबिन्दु १० निवासी बर्ष १९ को आयुष काफ्ले प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।