देवचुलीमा दुई दुर्घटनाः एक जना महिलाको मृत्यु, ६ बर्षीया बालिका घाइते

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १४ देवचुली चोकमा स्कारपियोको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी देवचुली १४ निवासी ४२ बर्षीय महिला जया अर्यालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख युवराज खड्काका अनुसार नवलपुरको देवचुली १४ देवचुली चोकमा बा १६ च ४७४० नं।को स्कारपियोले पैदल यात्री जया अर्याललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते महिलालाई उपचारका लागि देवचुली अस्पताल दलदले पठाइएको र थप उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।
खड्काका अनुसार दुर्घटना पछि फरार स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
देवचुलीमा फेरि अर्को दुर्घटना, ६ बर्षीय बालिका गम्भीर घाइते
नवलपुर । नवलपुरको देवचुली १४ क्याम्पस चोकमा बा.प्र.०२–०३० च. ४०४३ नं. को कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना ६ बर्षीया बालिका गम्भीर घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार आज साँझ नारायणगढवाट कावसोती तर्फ जाँदै गरेको कार आफै अनियन्त्रित भई डिवाईडरमा चढ्न जाँदा उक्त कारमा सवार स्याङजा जिल्लाको चापाकोट नगरपालिका ६ निवासी वसन्त अधिकारीको छोरी बर्ष ६ की ओजस्वी अधिकारी घाइते भएकी हुन् ।
उनको नाकमा चोट लागि उपचारका लागि ९९८५११९०९७००को नाकमा चोट लागी उपचारको लागि देवचुली अस्पताल प्रा।लि।दलदलेमा सामान्य उपचार उपश्चात थप उपचारको लागि ःमेट्रो इमेजिङ्ग सेन्टर भरतपुर चितवन पठाइएको छ ।
कार प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।