देवचुलीमा दुर्घटनाः १ जनाको मृत्यु, १ जना गम्भीर घाइते 




नवलपुर । नवलपुरको देवचुली नगरपालिका ११ आश्रम चोकमा गएराति पिकअफ भ्यान र स्कुटी एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी स्कुटी चालक रुकम जिल्लाको मुसिकोट घर भई हाल देवचुली ९ विशालटार मामा घर आएका २५ बर्षीय चेतनबहादुर खड्काको मृत्यु भएको हो ।




दुर्घटनामा परी गम्भीर घाइते खड्कालाई गएराति उपचारका लागि देवचुली नगर अस्पताल लगिएकोमा चिकित्सले मृत घोषणा गरेको हो ।

प्रहरीका अनुसार आश्रम चोकमा ग १ ज ५९३० नम्बरको पिकअप भेन र गण्डकी प्रदेश ०४–००१ प ९१०६ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएको हो ।

दुर्घटनामा परी स्कुटी पछाडि सवारी देवचुली नगरपालिका ८ निवासी २१ को नारायण परियार गम्भीर घाइते भएका छन् । सेन्ट्रल अस्पताल चितवनमा उपचार भईरहेको छ ।

ठक्कर दिने भ्यान र भ्यान चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...