रास्वपा नवलपुरः क्षेत्र नं. १ बाट राजन गौतम दोहोरिए, २ मा बालेन पक्षधरले पाए टिकट

नवलपुर ।
नवलपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट २६ वर्षका एक युवकलाई उम्मेदवार बनाएको छ ।
मध्यबिन्दु नगरपालिका निवासी २६ वर्षिय मनिष खनाललाई बालेन टिमको सिफारिसमा उम्मेदवार बनाइएको हो ।
कानूनमा स्नातक गरेका खनाल जेन्जी आन्दोलनका अगुवा मध्येका हुन । उनी बालेन पक्षधर हुन ।
नवलपुर २ मा रास्वपाबाट दोमन भण्डारी र डाक्टर पुष्पमणि खरालको पनि नाम चर्चामा रहेको थियो ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि राजन गौतमलाई उमेदवार बनाएको छ ।
उनी यस अघि २०७९ को निर्वाचनमा पनि नवलपुर १ बाट उमेदवार बनेका थिए । उनी नेपाली काँग्रेसका डा. शशांक कोइरालासँग थोरै मत अन्तरले पराजित भएका थिए ।