नवलपुर काँग्रेसले नवलपुरमा दुवै जना नयाँ अनुहारलाई अगाडि सारे

रामकुमार श्रेष्ठ –
नवलपुर । नेपाली काँग्रसले नवलपुरबाट यस पटक दुवै जना नयाँ उम्मदेवार अगाडि सारेको छ ।
नेपाली काँग्रेसले नवलपुर क्षेत्र नंं. १ गजेन्द्र आले मगर र नवलपुर क्षेत्र नं. २ बाट विष्णु लामिछानेलाई अगाडि सारेको छ ।
गजेन्द्र आले यस अघि गैडाकोट नगरपालिकाको नगर प्रमुखमा उम्मेदवार बनेका थिए । विष्णु लामिछाने नेपाली काँग्रेसको गण्डकी प्रदेशका महामन्त्री हुन् । उनी यस अघि गण्डकी प्रदेश सभा सदस्य समेत भईसकेका हुन् ।
यस अघि नवलपुर १ बाट नेपाली काँग्रेसका नेता डा. शशांक कोइराला ४ पटक निर्वाचित भएका थिए भने नवलपुर २ बाट यस अघि नेपाली काँग्रेसका विष्णु कार्की निर्वाचित भएका थिए ।