नवलपुर १ मा काँग्रेसका २ जना उमेदवार 




रामकुमार श्रेष्ठ –

नवलपुर । नवलपुर क्षेत्र नं। १ मा काँग्रेसका २ जना उमेदवारले मनोनयन दर्ता गराएका छन् ।




निर्वाचन अधिकृतको कार्यालय नवलपुर १ का सूचना अधिकारी प्रेमप्रसाद पौडेलका अनुसार नेपाली काँग्रेसबाट नवलपुर १ मा बालकृष्ण घिमिरे र गजेन्द्र आले मगरले उमेदवारी दिएका छन् ।

गजेन्द्रले सोमबार पार्टीबाट टिकट पाएका थिए भने बालकृष्ण घिमिरेले मंगलबार पार्टीबाट टिकट पाएका हुन् । बालकृष्ण घिमिरे आफै निर्वाचन अधिकृतको कार्यालयमा आएर उमेदवारी दर्ता गराएका हुन् भने गजेन्द्र आले मगरले वारेस नामामार्फत उमेदवारी दता गराएका थिए ।

सूचना अधिकारी प्रेमप्रसाद पौडेलले एउटै पार्टीबाट २ जनाको उमेदवारी परेको हकमा विहीबार छलफलमा बोलाएर टुंगो लगाउने बताए ।



सम्बन्धित
Loading...