नवलपुरः धारिलो हतियार प्रहार गरी घाइते

नवलपुर । नवलपुरको गैडाकोट १८ मटकुरीटाँडीमा खुर्पा प्रहारबाट ५४ बर्षीय भक्तबहादुर कानु मगर घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार नवलपुरको गैंडाकोट १८ मटकुरीटाँडी निवासी ५४ बर्षीय भिम बहादुर सोति मगरले टाउकोमा खुर्पा प्रहार गरेका हुन् ।
सामान्य बादविवाद हुदा खुर्पाले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । उनको सरकारी अस्पताल भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
खुर्पा प्रहार गर्ने मानिस प्रहरी नियन्त्रणमा रहेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।