हिलोले दाउन्नेको सडक एकतर्फी




रामकुमार श्रेष्ठ –  

नवलपुर । पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा आज परेको पानीले बाटो हिलो र चिप्लो हुँदा सवारी साधन अवरुद्ध भएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्नेको घिउ खोलादेखि विश्वकर्मा मन्दिरसम्मको बाटो एकतर्फी भएको छ ।

अवरुद्ध बाटो खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । सामान्य पानी र शित लहरले पनि अहिले दाउन्ने सडक अवरुद्ध हुने गर्दछ ।



सम्बन्धित
Loading...