गैडाकोटमा छतबाट खसेर मजदुरको मृत्यु, गैडाकोटमै कार र मोटरसाइकल ठक्कर खाँदा २ जना घाइते




कुसुम परियार – 

नवलपुर – नवलपुरको गैडाकोट नगरपालिका २ झलक मार्गमा घरको छतबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार झलक मार्ग स्थित चन्द्रबहादुर खाँडको दोस्रो तल्लाको ट्रसको काम गर्दै गरेका मजदुरको आज दिउँसो छतबाट खसेर मृत्यु भएको हो ।

छतबाट खसी गम्भीर घाइते भएका तनहु जिल्ला घर भई हाल गैडाकोट नगरपालिका ५ सितलटोल कोठा गरी बस्ने अन्दाजी ३२ बर्षीय बिष्णु अधिकारीलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएकोमा चिकित्सकले साढे २ बजेतिर मृत घोषणा गरेको थियो । घटनाको अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

त्यसैगरी गैडाकोट नगरपालिका ४ आदर्श चोक स्थित पूर्वपश्चिम राजमार्गमा कार र मोटरसाइकल एक आपसमा ठक्कर खांदा २ जना, घाइते भएका छन् ।

बाग्मति प्रदेश ०१–०३२ च ९७, ३० नम्बरको कार र ग १८ प ४५, ८१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा २ जना, घाइते भएका हुन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक तनहूँको देवघाट गाउँपालिका २ निवासी २९ बर्षीय सूर्य गुरुङ र मोटरसाइकल पछाडि सवार नवलपुरको बुलिङटार गाउँपालिका १ निवासी २३ बर्षीय तेज राना मगर, घाइते भएका छन् ।
ठक्कर दिने कार र कार चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिम कांग्रेस चोकबाट पुर्ब आदर्श चोकमा आई यु ट्र्न गरिरहेको कार र सोही दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।



सम्बन्धित
Loading...