नवलपुरमा वेवारिसे भरुवा बन्दुक फेला

नवलपुर । नवलपुरको बुलिङटारमा १ थान भरुवा बन्दुक फेला परेको छ ।
प्रहरी चौकी बुलिङटारको टोलीले गस्ती गर्ने क्रममा बुलिङटार गाउँपालिका १ कोलडाँडा स्थित बारीको काल्लामा स्याउलाले छोपी राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।
उक्त बन्दुक प्रहरी चौकी बुलिङटारमा राखिएको नवलपुर प्रहरीले जनाएको छ ।
यस अघि निर्वाचनको सुरक्षालाई लक्षित गरी नवलपुरमा प्रशासनले हातहतियार बुझाउन अनुरोध गरेको थियो ।