नवलपुरमा राजनीतिक कार्यक्रममा सरकारी गाडीको दुरुपयोग, प्रयोग नगर्न नवलपुर प्रशासनको निर्देशन




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले सरकारी गाडीको प्रयोग गरेर राजनीतिक कार्यक्रम र चुनावी भेटघाटमा जाने गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले बुधबार एक सूचना जारी गर्दै सरकारी सवारी साधनको दुरुपयोग भएको जनगुनासो आएको बताउँदै त्यस्तो नगर्न निर्देशन दिएको छ ।




सूचनामा भनिएको छ – ‘निर्वाचन आचारसंहित २०८२ लागू भईसकेको अवस्थामा आचारसंहिता विपरीत सरकारी सवारी साधन प्रयोग भएको गुनासो प्राप्त हुन आएकोले सबै स्थानीय तहहरुमा जनप्रतिनिधि तथा
राष्ट्रसेवक कर्मचारीहरुले प्रयोग गर्ने चारपाङ्गे र दुइपाड़गे सावरी साधनहरु कार्यालयको कामकाज बाहेक राजनीतिक कार्यक्रममा जाँदा आउँदा वा अन्य जुनसुकै गतिविधि गर्दा प्रयोग नगर्नु नगराउन हुन अनुरोध छ।’

यसैबीच नवलपुरका स्थानीय तहका जनप्रतिनिधिहरु आफै निर्वाचित क्षेत्रमा उम्मेदवारहरुसँग घरघरमा मत माग्दै हिड्दै गरेको पाइएको छ । निर्वाचन आचार संहिता अनुसार निर्वाचित जनप्रतिनिधिहरु आफ्नो निर्वाचन क्षेत्रमा कुनै पनि दलको पक्षमा मत माग्दै हिड्न नपाइने व्यवस्था रहेको छ ।
नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचार संहित अनुगमन अधिकृत चिरिञ्जीवि रानाले जनप्रतिनिधिहरुले आफू निर्वाचित क्षेत्रमा गएर भोट माग्न नपाइने बताए । उनले भने – ‘जनप्रतिनिधिहरुले भोट माग्न मिल्दैन, गए पनि आफ्नो क्षेत्र बाहेक अनेत्र गएर मत माग्न पाइन्छ । त्यो पनि ४ गते पछि मात्र ।’

नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचार संहित अनुगमन अधिकृत चिरिञ्जीवि रानाका अनुसार जिल्लामा दल, उम्मेदवार तथा जनप्रतिनिधिहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको लिखित दुई वटा र ३ वटा मौखिक उजुरी परेको जानकारी दिए ।

उनले भने – निर्वाचन आचारसंहिता उल्लंघन भएका केही उजुरीहरु परेका छन् । उजुरीको आधारमा उम्मेदवारहरुलाई सचेत गराउने काम भएको छ ।
यसैबीच कावासोतीमा निर्वाचन आचार संहिता अनुगमन समितिको वैठक बसी केही उम्मेदवारहरुलाई सचेत गराइएको समेत उनले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा रहेकोमा निर्वाचन अनुगमन समितिले बेलाबेला अुनगमन गरेका पनि उनले बताए । उनका अनुसार फागुन ४ गते अगाडि पार्टीको झण्डा बोकेर भोट माग्न वा कुनै कार्यक्रम गर्न पाइने प्रावधान रहेकोमा त्यसो गरेको पाइएको समेत उनले बताए ।



सम्बन्धित
Loading...