रक्षक नै भत्क्षकः चितवनका प्रहरी निरीक्षक बलात्कारको आरोपमा पक्राउ




महिलालाई बलात्कार गरेको आरोपमा चितवन स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महतलाई प्रहरीले पक्राउ गरेको छ ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । २०८२ भदौमा मतहले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै एकजना महिलाले प्रहरीमा जाहेरी दिएकी छिन् । जाहेरी दर्ता गरेर अनुसन्धान छ ।




खैरहनी क्षेत्रको होटलमा बोलाएर इन्स्पेक्टरले आफूलाई बलात्कार गरेको पीडित महिलाले दाबी गरेकी छन् ।



सम्बन्धित
Loading...