देवचुलीमा भएको सवारी दुर्घटनामा १४ बर्षीय बालकको मृत्यु




रामकुमार श्रेष्ठ –

नवलपुर । नवलपुरको देवचुली नगरपालिका १४ देवचुली चोकमा बा २१ च ५१६८ नम्बरको स्कारपियोको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहीबार दिउँसो ३ बजे तिर स्कारपियोले साइकल यात्रीलाई ठक्कर दिंदा दुई जना बालक घाइते भएका थिए ।

दुर्घटनामा परी गम्भीर घाइते देवचुली १४ निवासी १४ बर्षीय बालक रिप्सन सुनारको उपचारको क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते अर्का बालक १३ बर्षीय रिजन धितालको अवस्था सामान्य रहेको छ । प्रहरीले स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ ।



सम्बन्धित
Loading...