नवलपुर जानकारी गराएर मात्र चुनावी कार्यक्रम गर्न प्रशासनको अनुरोध




रामकुमार श्रेष्ठ – 

नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले नवलपुर जिल्लामा चुनावी वा कुनै पनि राजनीतिक कार्यक्रम गर्दा प्रशासनलाई जानकारी गराएर मात्र गर्न अनुरोध गरेको छ ।




सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरले एक सूचना जारी गरी प्रशासनलाई जानकारी गराएर मात्र कार्यक्रम गर्न अपिल गरेका हो ।

सूचनामा सभा, जुलुस, कोणसभा, भेला जस्ता निर्वाचन केन्द्रित कार्यक्रम गर्दा कम्तिमा २४ घण्टा अगाडि जिल्ला प्रशासन कार्यालयलाई कार्यक्रम हुने स्थान, मिति र समय २४ घण्टा अगाडि लिखित रुपमा जानकारी गराउन भनिएको छ ।

त्यसैगरी सूचनामा कुनै एक अर्को दलको कार्यक्रम नजुध्ने गरी कार्यक्रम गर्न, व्यापार व्यवसाय र यातायात व्यवस्थापनमा प्रभाव नपर्ने गरी कार्यक्रम गर्न भनिएको छ ।

नवलपुरका सहायक प्रमुख जिल्ला चिरिञ्जीवि रानाद्वारा जारी सूचनामा निर्वाचन सुरक्षा प्रबन्धलाई ब्यवस्थित बनाउन सहयोग पुर्याई निर्वाचनलाई भय रहित, स्वच्छ र शान्तिपुर्वक रुपमा सम्पन्न गर्न गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग, समन्वय तथा सहजीकरण गर्न पनि अनुरोध गरेको छ ।

२ वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा निर्वाचन प्रचारप्रसारका लागि सोमबारबाट खुल्ला भएसँगै साना ठूला सबै दलहरुले चुनावी प्रचारप्रसारलाई तित्र बनाएको छ ।



सम्बन्धित
Loading...