एमालेका उम्मेदवार भागीरथले भने – मेरो प्रतिप्रर्धा कसैसँग छैन

रामकुमार श्रेष्ठ –
नवलपुर । नेकपा एमाले नवलपुर क्षेत्र नं. १ का उम्मेदवार भागीरथ चापागाईले आफ्नो प्रतिप्रर्धा कसैसँग नरहेको बताए ।
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अन्य दलहरु दोस्रो हुनका लागि प्रतिप्रर्धा गर्ने दावी गर्दै आफ्नो जित निश्चित भएको दावी समेत गरे ।
उनी आज नवलपुर जिल्लाको गैडाकोट र देवचुली नगरपालिकामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम र चुनावी प्रचारप्रसार वडा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा दिनभर व्यस्त रहेका थिए ।
नेकपा एमालेको भातृ संगठन उद्योग महासंघका केन्द्रिय अध्यक्ष समेत रहेको चापागाई पहिलो पटक निर्वाचनमा होमिएका छन् ।
गैडाकोटमा ३ सय बढी जेनजी युवा एमालेमा प्रवेश
नवलपुर क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढिरहेका बेला गैंडाकोटमा ३ सय बढी जेनजी युवाहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
करिब तीन सय जना युवाहरू पार्टीमा आबद्ध भएको एमाले गैंडाकोट नगर अध्यक्ष कृष्ण कण्डेलले जानकारी दिए ।
उनीहरूलाई नवलपुर–१ का उम्मेदवार भागिरथ सापकोटाले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा एमालेका नेता कृष्ण पौडेल लगायत स्थानीय नेताहरूको उपस्थिती रहेको थियो।
कार्यक्रममा नवप्रवेशी युवाहरूले विकास, रोजगारी सिर्जना र स्थायित्वमुखी योजनाबाट प्रभावित भएर एमाले रोजेको बताएका छन् ।
“हामी परिणाममुखी राजनीति चाहन्छौं। देशमै अवसर सिर्जना गर्ने स्पष्ट योजना भएकाले एमालेमा आएका हौं,” उनीहरुले भने ।
सापकोटाले जेनजी पुस्ताको साथले चुनावी अभियान थप उत्साहित बनेको बताए । उम्मेदवार सापकोटाले नवलपुर–१ लाई रोजगारी, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, शिक्षा र स्वास्थ्यका दृष्टिले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय उत्पादनको बजारीकरण, सहुलियत ऋण मार्फत युवा उद्यम प्रवद्र्धन, र डिजिटल सीप विकास केन्द्र स्थापना गर्ने योजनासमेत अघि सारेका छन् ।
उनका अनुसार, विगतमा तुलनात्मक रूपमा कमजोर रहेको बुलिङटार र गैंडाकोटबाट यसपटक एमालेले पहिलो दलको रूपमा आफ्नो उपस्थिति दर्ज गर्ने तयारीमा छ । साथै, भ्रम फैलाउने प्रयासका बाबजुद युवाहरूले आफ्नो निर्णय विकास र अवसरको आधारमा गरेको बताइएको छ।
गैंडाकोटमा देखिएको जेनजी युवाहरूको उल्लेख्य सहभागिताले यसपटक नवलपुर–१ मा एमालेको विजय सुनिश्चित हुने विश्वास नेताहरूले व्यक्त गरेका छन्।