काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप

देशको राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले क्लिनस्वीप गरेको छ ।
अघिल्लो निर्वाचनमा जित निकालेका चार क्षेत्रसहित थप ६ वटा क्षेत्रमा विजयी भएर रास्वपाले काठमाडौँका १० वटै क्षेत्रमा क्विलस्वीप गरेको हा ।
रास्वपाबाट काठमाडौँ–१ मा रञ्जु दर्शना ९न्यौपाने०, काठमाडौँ–२ मा सुनिल केसी, काठमाडौँ–३ मा राजुनाथ पाण्डे, काठमाडौँ–४ मा पुकार बम, काठमाडौँ–५ मा सस्मित पोखरेल, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली, काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ–९ मा डोलप्रसाद अर्याल र काठमाडौँ–१० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।
०७९ मा रास्वपाबाट काठमाडौँ–२ मा सोविता गौतम, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली र काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए ।
यी मध्ये तीन क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् भने काठमाडौँ–२ मा जितेकी सोविता गौतम अहिले चितवन–३ मा उम्मेदवार छन् ।