नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी




रामकुमार श्रेष्ठ –

नवलपुर । नवलपुर क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २६ बर्षीय मनिष खनाल विजयी भएका छन् ।
उनी नवलपुर २ बाट नेकपा एमालेका तिलक महत र नेपाली काँग्रेसका ओम घर्ती मगरलाई दोब्बर मत भन्दा बढी मतले पछाडि पार्दै विजयी भएका हुन् ।




नवलपुर क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाका मनिष खनालले ४१ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका तिलक महतले १५ हजार ७ सय ५५ र नेपाली काँग्रेसका ओम घर्तीले १४ हजार ७ सय १३ मत प्राप्त गरेका छन् ।

उनको जित पछि उनका समर्थकहरुले उनलाई स्वागत तथा अभिनन्दन गरेका थिए ।
१ लाख ३१ हजार ४ सय ४५ मतदाता रहेको नवलपुर क्षेत्र नं. २ मा ७९ हजार ६ सय ९२ मत खसेको थियो ।
खसेको मत मध्ये ७६ हजार २ सय ३० मत सदर भएको थियो भने ३ हजार ४ सय ६२ मत बदर भएको थियो ।
रास्वपाका मनिष खनालले सदर मत मध्ये ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यसैगरी नवलपुर २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गणेशमान महतो १ हजार ५ सय ३८ मत प्राप्त गर्दै चौथो भएका छन् भने श्रम संस्कृति पार्टीका कमल चापागाईले १ हजार १ सय ६४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नवलपुर २ मा राप्रपाकी रुना कुमारी महतोले ९ सय ६३ मत प्राप्त गरेका छन् ।
नवलपुर २ मा २०७९ को निर्वाचनमा नेपाली काँग्रेसका विष्णु कार्की र २०७४ को निर्वाचनमा नेकपा एमालेका तिलक महत विजयी भएका थिए ।

 

यस्तो छ सबै उम्मेदवारले प्राप्त गरेको अन्तिम मत परिणाम

रास्वपा (घण्टी) – ४१३४७

एमाले (सुर्य) –  १५७५५

ने का ( रुख) – १४७१३

नेकपा (तारा) – १५३८

श्रम संस्कृति (माटो) – ११६४

राप्रपा (हलाे) – ९६३

राष्ट्रिय जनमुक्ति (हात मिलाएकाे) – १८४

राष्ट्रिय जनमाेर्चा पार्टी (गिलास) – १४३

नेकपा माओवादी (गुलाफ) – १४०

मंगाेल नेशनल (भाले) – ९१

प्रगतिशील लाेकतान्त्रिक (आँखा ) – ५६

भरत प्र वस्ति (कैंचि) – ५२

आम जनता पार्टी (माेबाइल) – ३०

पेम बहादुर सिन्जालि स्वतन्त्र (खाम) – १४

गिता कुमारी लामिछाने स्वतन्त्र (पंखा) – १३

टाेल बहादुर लुङ्गेलि स्वतन्त्र (ढिकी ) – १३

शसिला देवकोटा स्वतन्त्र (कप प्लेट) – ८

भिमा कुमारी भुसाल (क्यामरा) – ६

कुल सदर मत – ७६२३०

बदर जम्मा – ३४६२

जम्मा – ७९६९२



सम्बन्धित
Loading...