दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध




रामकुमार श्रेष्ठ – 




नवलपुर । नवलपुरको दाउन्नेमा भारी बर्षाका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ ।

नवलपुर प्रहरीका अनुसार दाउन्ने सडक खण्डमा विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजार र ६४ मोडमा सडक मर्मत भईरहेको स्थानमा भारी बर्षाका कारण दुवैतर्फी सडक अवरुद्ध भएको हो ।

नारायणगढ बुटवल सडक खण्डको दाउन्ने सडक खण्डमा अहिले बर्दघाटबाट दुम्किबास तर्फ आउने र दुम्किबासबाट बर्दघाटतर्फ जाने कुनै पनि सवारी साधन उक्लन सकेको छैन ।

भारी बर्षाले सडक हिलो र चिप्लो भए पछि सवारी साधन उक्लन नसकेको हो । यहाँ ३ दिनदेखि बर्षा भईरहेको छ ।



सम्बन्धित
Loading...