कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द

कावासोती। नवलपुरको कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार गर्न नपाउने भएको छ ।
कावासोती नगरपालिकाले सूचना जारी गर्दै साइकल, मोटरसाइकल, अटो तथा गाडीमा सामग्री राखेर घुम्ती व्यापार गर्न नपाउने जनाएको हो ।
यहाँका अनुमति लिएर सञ्चालनमा रहेका व्यापारीहरुलाई घुम्ती व्यापारका कारण व्यापारमा प्रभाव पारेको भन्दै नगरपालिकाले घुम्ती व्यापारलाई प्रतिबन्ध लगाएको हो ।
यहाँ साइकल, मोटरसाइकल, अटो, ट्याक्टर, गाडी लगायतमा कृषि उपजदेखि, किराना पसल सामग्री लगायतका व्यापारहरु, घुम्ती होटल समेत सञ्चालन हुँदै आएको छ ।
नेपालमा घुम्ती ब्यापार गर्न पाउने सम्बन्धी कुनै पनि कानुनी प्रावधान छैन ।
जहाँ व्यापार दर्ता गर्यो त्यही स्थानमा मात्र व्यापार गर्न पाउने कानुनी प्रावधान रहेको छ ।