कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न


 



नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले आफूले बर्ष भरी गरेको कामको सार्वजनिक सुनुवाई गरेको छ ।

कावासोती नगरपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासामा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल, नगर उपप्रमुख फूलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत महेष पाण्डे, वडाध्यक्षहरु, सम्बन्धित शाखाका प्रमुख लगायतले जवाफ दिएका थिए ।




कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेष पाण्डेले बर्ष भरी गरेको कामको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरुले सुकुम्बासी समस्या समाधान गर्नु पर्ने, स्थानीय पाठ्यपुस्तक प्रकाशन गरी विद्यार्थीहरुको हातहातमा पुर्याउनु पर्ने, नदीजन्य वस्तु निकासी हुँदा हुने चोरी निकासी रोक्न पहल गर्नु पर्ने, भौतिक पूर्वाधार विकासमा झै शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा पनि ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी नगरपालिकाले आदिवासी जनजाति, दलित, महिला, अल्पसंख्यक लगायतका लक्षित समुदायका लागि बजेट विनियोजन निक्कै कम गरेकोले त्यसलाई बढाउनु पर्नेमा जोड दिएका थिए ।



सम्बन्धित
Loading...