डा. भटराईसँग मेरो मोह र सीमाना




डा. बावुराम भटराई मैले बाल्यकालदेखि नै सुन्दै आएको नाउँ हो । मेरो बुबा काँग्रेस हुनुन्थ्यो । मलाई सायद निकोलाई आस्गोमस्कीको उपन्यास अग्निदीक्षा हात नपरेको भए म कम्युनिष्ट ने हुन्थे भन्ने ठोकुवा गर्न सक्दिन । म काँग्रेस हुने सम्भावना पनि त्यतिकै थिए । मलाई त्यो उपन्यासको मोह यति थियो कि विगतमा मैले झण्डै दशपटक पढेको छु । आज पनि पढ्ने लालसा अझै मेटिएको छैन । यो साहित्यिक आकर्षकबाट म बामपन्थी भएँ । तत्कालिन अवस्थाको मालेको पछि लागे । सम्र्पक नै त्यही पार्टीको बन्यो । मैले त्यहाँको पावेलका परिस्थिति र संर्घष न आफूमा पाए न त एमालेमा नै देखेँ । हामी युवावस्था हुदाँ मनमा त्यो अन्र्तनिरोध र प्रतिप्रश्नको बेग त्यतिकै थियो। जनयुद्धको आकर्षकले हामी जास्ता युवाहरुलाई तान्नु स्वाभाविक थियो ।

समय बित्दै गयो । हाम्रो अध्ययनशील प्रवृतिको प्यास मेटिइ रहेको थिएन । त्यतिबेला हाम्रो बौदिक खुराक माक्र्स, एङगेल्स र माओ लेनिनका रचनाहरु नै हुन्थे । ति कति बुझिन्थ्यो कति हाम्रो बसको बात नै हुदैनथ्यो। तैपनि त्यस्लाई रट्नु, घोक्नु र पाठ गर्नु बाहेकको बिकल्प के हुन्थ्यो र ? हाम्रो सापेक्षतामा नभएका ति किताब र बुझ्ने गहिराइको हाम्रो चेतनाका कारण यी किताबहरुको प्रभाव हामीभित्र भनेजति नहुनु स्वाभिक नै हो ।




एस.एल.सी. पछि म अध्ययनका लागि डिल्ली पुगें। दिल्लीको एक सरकारी विद्यालयमा + २ को अध्ययन गर्न पुगें । पछि दिल्ली विश्वविद्यालयमा अध्ययन गर्दा मेरो जनादेश सँगको साइनो जुट्यो । पहिला शक्ति लम्साल र पछि कृष्णसेन इच्छुकको सम्पादनमा चलेको उक्त पत्रिकाको बार्षिक रकम रजिष्ट्री, चिठ्ठी भित्र पढाएर अध्ययन गर्न पुगें ।

जनादेशको यो सम्बन्ध पछि नेपाली जनयुद्धलाई नजिकसँग बुझने मौका मिल्यो । यो मुलत पार्टीको पत्रिका थियो । तर जे हो सम्पादनमा समाचार, दृष्टिकोण विचार, साहित्य लेख लगायत सम्रग पक्षको संयोजन थियो । मलत जनयुद्धलाई केन्द्रित बनाएर  प्रकाशित पत्रिकामा मेरा केही कविताहरु पनि टेकनामले प्रकाशित हुन्थे । देश बाहिर छदाँ यो साँच्चिकै मेरो मानको साथी थियो । त्यो स्नेह जनादेश र कृष्णसेन इच्छुकप्रति आज पनि छ। । हिजोकै जनादेश न आज पुरानो अबस्थामा छ न त कृष्णसेन  आज भोतिक रुपमा छन् ।                     त्यही जनादेशको अन्तिम पृष्ठमा डा.बाबुराम भट्टराईको नियमित स्तम्भ आइराख्यो । यो मेरो लागि बौद्धिक खुराक थियो । अत्यन्तै वस्तुगत लेखन, तार्किक शैली र गहिराई बाबुराम भट्टराईको खुबी थियो । त्यसपछि भट्टराईका लेख नेपाल आउँदा पनि खोजी खाजी पढ्थे । राजनीति, अर्थशास्त्र लगायत समसामायिक परिस्थितिमा लिखित लेख म जस्ता माक्र्सवादीका लागि मात्र हैन गैरमाक्र्सवादीका लागि समेत प्रेरणा र ज्ञानका स्रोत हुन्थे ।

डा.बाबुराम भट्टराईसँग मेरो परिचय अक्षरहरुका मार्फत् एकातर्फी हो । उनको त्यो बौद्धिक लेख र विचारहरु मेरा प्रेरणाका स्रोत बनिरहे। तर कहिले पनि मैले बाबुरामलाई सञ्चारमा बाहेक भेट गर्ने अवसर जुरेन। त्यही प्रभावको बीचमा एकपटक दिल्लीमा एकजना पत्रकार र सम्पादकको घरमा हिसिलालाई भेट्दा मैले त्यतिबेला पनि बाबुराम कै कल्पना गरिरहें।

दिल्लीमा म माथि सिआइडीहरुको बिगरानी बढ्न थाल्यो । नेपाल भित्रिए । काठमान्डौ डिल्ली बजारको एसएम कलेजमा स्नातकोत्तर मा समाजशास्त्रमा भर्ना भएँ। नजिकै डेरा थियो । धेरै पुस्तकहरुको बीच डा. वावुराम भट्टराईको राजनीतिक अर्थशास्त्रको आँखीझ्यालबाट भन्ने पुस्तक गाता तोडेर राखेको थिए । बार्ताकाल (माओवादी र सरकार) मा केही खुकुलो अवस्थामा त्यो पुस्तक किनेको थिए । गाता सहित राख्दा समातिने डरले गाता च्यातेर किताब मात्रै राखे । धेरै पटक त्यो पुस्तकलाई पढें । मेरो पल्लो कोठामा आर्मी कर्नेलका छोराहरु सँगै बस्ने भएकाले सुरक्षाको अरु चिन्ता । कसैले सुइको सम्म पाएनन् वा पाएर पनि बोलेनन् मलाई थाहा छैन । तर समय अति कठिन कठिन हुदैगयो । मेरो सहपाठी मित्र तत्कालीन नेपाल टेलिभिजनका समाचार बाचकले जब त्यो किताब भेटाए उनले मलाई तत्काल त्यो पुस्तक जलाउन अनुरोध गरे । उनले लाख बिन्ती गरे पनि मनले मानेन । उनको ¥याख¥याखले मलाई छोडेन । उनले अति गरेपछि एकदिन डिल्लीबजारको पीपलबाटो छेउको मन्दिरमा त्यो पुस्तक दर्शन गर्न जाने निहुमा लगेर छोडिदिए । मैले त्यो कृति छोड्दा आफनै सन्तान बीच चौराहामा छोडेर हिड्डा भन्दा कम पीडा भएन । आफूलाई  आत्मग्लानी भइरह्यो । त्यो रातभर निद्रा लागेन । कलेज जाँदा आउँदा मैले त्यही बाटोमा जव मन्दिर देख्थे किताबको यादले घच्घच्याउथ्यो । समय निरंकुश हँुदै जान थाल्यो अब मसँग बाबुरामको किताब पनि छैन, जनादेश पनि छैन । त्यो भन्दा ठुलो कुरा त एकदिन जनआस्थामा कृष्णसेन आर्यघाटमा खरानी भन्ने खबर पढे ।

यी सबै परिबेशले मलाई निरुत्साहित बनाएनन् बरु अझ प्यासी बनिरहें। स्नातकोत्तरको अध्ययनको क्रममा उनका केही पुस्तकहरु पढ्ने अबसर गुम्यो त्यसै मध्येको एक थियो राजनीतिक अर्थशास्त्रको आखिझ्यालबाट भन्ने पुस्तक। नेपाली राजनैतिक अर्थशास्त्र बुझने उत्कृष्ठ तथ्य सहितको पुस्तक हो ।

मैले बाबुरामलाई मन पराएको उनको संगत, व्यवहार, सम्पर्क र उनी सत्तामा रहँदाको वा पार्टीमा रहँदाको गुनले कदापि होइन । म उनको प्रकाशक, उनको पीएचडी थेसिस (जुन पछि आएर पुस्तकको रुपमा प्रकाशित भयो) राजनीतिक अर्थशास्त्रको आँखीझ्याल, यसैगरी त्जभ कयअष्ब िभअयलयmष्अ बलम उयष्तिष्अब िच्भकउष्तभक’ धबच ष्ल ल्भउब िलगायतका रचना र उनका बौद्धिक लेखहरु ले हो । भट्टराईले आफ्ना ररचना माथि न्याय कति गर्न सके कि सकेनन् त्यो पछिल्लो चरणमा ब्याख्या गरौला। अर्थात बौद्धक बाबुरामको कलमले के लेख्यो र पछिल्लो समयमा उनी आफै अक्षरहरुको विरुद्धमा  उभिएको दुखान्त पलले बाबुरामलाई कति बिझाइरहेको छ या छैन मलाई यसले भने गंभिर असन्तुष्टि बनाइरहेको वर्तमान हो ।

बाबुराम लाइनै उनको राजनितिक अर्थशास्त्रको आँखाले उनका अक्षर र उनको व्यबहार लीच चुकेका कडी बीचको चर्चा गरौं । त्यसो त राजनैतिक बृतमा प्रधानमन्त्री हुनुअघिका बाबुराम र प्रधानमन्त्री भइसकेको बाबुराम बीचको दुरी प्रष्ट नैै छ । राजनितिक उल्झन बीचको यात्रा कति नेपाली जनताले इतिहास सम्झेला वा विर्सेला तर बौद्धिक रचनाका इतिहासहरु मरेर जादैनन् । यदि बाबुरामका बौद्धिक रचना र उनको सत्तासीन व्यबहार र कार्यलाई हेरी तर्क गर्दा कुनै व्यक्तिले जमिन आसमान वा भिन्नता देख्न कुनै मेहनेत गर्नुपर्दैन। कलमका बाबुराम र सत्ताका बाबुराम (पहिला र पछिल्ला) बीच देखिएको अन्र्तर नै उनको जीवनलाई विरोधाभाषापुर्ण बनाइरहेछ जुन उनले आफ्नो आत्मरक्षा गरेपनि यतिबेला म सन्तुष्ट बन्न सकिरहेको छैन ।

लेखकः दाउन्ने साप्ताहिकका संस्थापक सम्पादक हुन्।

 

 

 

 



सम्बन्धित
Loading...