बालबालिकालाई नेतृत्व विकास तालिम
कावासोती । कावासोती नगरपालिकाको बालमैत्री स्थानीय शासन अभियान अन्तर्गत वडा तथा नगर बाल संजालका बालबालिकालाई २ दिने नेतृत्व विकास तालिम शुक्रबार कावासोतीमा भएको छ ।
बालमैत्री अभियानलाई तिव्र रुपमा अगाडि बढाइरहेको अवस्थामा अव छिट्टै वडा तथा नगरलाई बालमैत्री घोषणा गर्न सघाउ पुर्याउन वडा तथा घोषणा अभियानलाई सार्थकता प्रदान गर्नका लागि २ दिनसम्म उक्त तालिम संचालन गरिएको थियो ।
तालिममा कावासोती नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले नेता र नेतृत्व भनेको के हो, नेतृत्व विकास कसरी भन्ने विषयमा सहभागीलाई छलफल मार्फत जानकारी दिए ।
त्यसैगरी श्रोत शिक्षक तिर्थराज कंडेल, के बि रानाले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा नगर बाल संजालका अध्यक्ष बिकास रिजाल उपाध्यक्ष स्नेहा न्यौपाने वडा तहका अध्यक्ष सचीव लगायतले यस तालिमले आफ्नो सामाजिक तथा बैयक्तिक विकासमा सकारात्मक परिवर्तन ल्याउनका लागि अपेक्षा गरीए अनुरुप भएको बताएका थिए । तालिममा कावासोती नगरपालिका बालमैत्री संयोजक बिना प्यूठानी (न्यौपाने) ले समन्वय, सहजीकरण, व्यवस्थापन तथा संचालन गरेका थिए।
तालिममा वडा तथा नगर तहका गरी जम्मा ४० जना बालबालिकाको सहभागीता रहेको थियो ।