चितवनकी एक महिलाले सुर्खेतको क्वारेन्टाइनमा जन्माइन छोरा




सुर्खेत । चितवनकी एक महिलाले सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक महिलाले क्वारेन्टाइनमा नै बच्चा जन्माएकी छिन् ।

पञ्चपुरी नगरपालिकाले सञ्चालनमा ल्याएको विद्यापुर क्याम्पसमा रहेको क्वारेन्टाइनमा कमला नेपालीले सोमबार राति छोरा जन्माएकी हुन् ।




‘सुत्केरी बेथा लागेपछि सालकोट स्वास्थ्य चौकी लगेको र साढे तीन किलो तौलको छोरालाई जन्म दिएकी छिन्,’ नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले नेपालीले भने, ‘आमा र बच्चा दुवैको स्वास्थ्यअवस्था सामान्य छ ।’

लकडाउनका वेला नै कमला र उनका श्रीमान् चितवनबाट सुर्खेतको पञ्चपुरी नगरपालिका– ६ छाप्रेमा रहेको घरमा आएका थिए । जिल्लाबाहिरबाट आएका कारणले उनीहरूलाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।

श्रीमानसँगै चितवनमा ठेलामा मस्म बनाएर बिक्री गर्ने गरेको र लकडाउन लम्बिँदै गएकाले चितवनमा खानकै समस्या भएका कारण गाउँमा आएको कमलाले बताइन् । सुत्केरी भएपछि कमलालाई होम क्वारेन्टाइनमा राखिने नगरप्रमुख थापाले बताए ।



सम्बन्धित
Loading...