नवलपरासीमा पौडी खेल्ने क्रममा ७ बर्षीया बालिका नारायणी नदीमा वेपत्ता
शोभा जिसी –
नवलपरासी, १९ बैशाख । पूर्वी नवलपरासीमा ७ बर्षीया बालिका नारायणी नदीमा पौडी खेल्ने क्रममा हराई वेपत्ता भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार साथीहरुसँग नारायणी नदीमा पौडी खेल्न गएकी गैडाकोट १० निवासी भविसरा अस्लामी मगरकी ७ बर्षीया जुना अस्लामी मगर नदीमा वेपत्ता भएकी हुन् ।
उनी हिजो दिउँसो देखि वेपत्ता भएको र उनीको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।