विनयी त्रिवेणीका कोरोना संक्रमितसँगै क्वारेन्टाइनमा रहेका ६ जनाको स्वाब संकलन


रामकुमार श्रेष्ठ –
नवलपरासी, ९ जेठ । शुक्रबार विहान कोरोना संक्रमित भनेर पुष्टि भएका पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ का ६५ वर्षीय पुरुषसँगै क्वारेन्टाइनमा बसेका ६ जनाको शुक्रबार स्वाब संकलन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका पब्लिक हेल्थ नर्स भूमिका निरौलाका विनयी त्रिवेणी ६ मा क्वारेन्टाइनमा सँगै बसेका ६ जनाको स्वाब संकलन गरिएको हो ।



त्यसैगरी गरी विरामीलाई आइसोलेसनमा राखेर केही दिन उपचार गरिएको चोरमारा स्वास्थ्य चौकीका विरामीहरुको पनि स्वाब संकलन गरिने भएको छ ।
विनयी त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवराज काफ्लेका अनुसार विनयी त्रिवेणीमा अहिलेसम्म भारतबाट आएका २१ जना क्वारेन्टाइनमा बसेका मध्ये ५ जना घर फर्किएका छन् भने १४ जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यसैगरी संक्रमित पुरुषको चितवनको कोरोना विशेष अस्पतालमा उपचार भईरहेको छ भने विनयी त्रिवेणीका भारतबाट आएका उच्च ज्वारो आइरहेका २५ पुरुषको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा आइसोलेशन कक्षमा उपचार भईरहेको छ । उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको भए पनि उनमा ज्वरोमा कमी नआएको कारण आइसोलेशनमा राखेर उपचार गरिएको हो ।
विनयी त्रिवेणीमा यस अघि ८१ जना भारतबाट आएको भए पनि उनीहरु कोरोना संक्रमणको खतरा बढ्नु अघि नै आएकोले उनीहरुलाई घर नै होम क्वारेन्टाइनमा राखिएको थियो ।
शुक्रबार संक्रमित भेटिएका ६५ बर्षीय पुरुष भारतको गुजरातबाट नेपाल आइ परिवारको सम्पर्कमा नआइ क्वारेन्टाइनमा बसेका थिए ।
अहिले विनयी त्रिवेणीका दुई वटा क्वारेन्टाइनमा गरी रहेका १४ जना मध्ये १ जना रौतहटबाट आएका हुन् भने बाँकी भारतबाट आएका हुन् ।

 


सम्बन्धित
Loading...