सुनको मुल्य घट्यो, कति छ तोलाको ?
मंगलबार सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सार्वजनिक गरेको सुनचाँदी दरभाउअनुसार आज सुनको मुल्य घटेको हो ।
महासंघले आजका लागि सुनको मुल्य तोलाको रु. ९१ हजार २०० तोकिएको छ । हिजो सुनको मुल्य ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
तेजावी सुनको मुल्य भने ९० हजारर ७६० रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघकाअनुसार आज आज प्रतितोला ९४५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।