नेपाल स्वयंसेवक संघ समिति डडेल्धुरामा गठन अध्यक्षमा दिपा भण्डारी चयन ।


( खाेज र खबरदारि अब युवा पुस्ता बाटै )
दिपकराज भट्ट / डडेल्धुरा –



नेपालमा बिशुद्ध रुपमा सामाजिक सेवामा समर्पित राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेल्धुरामा पनि गठन भएको छ । सात अाेटा स्थानीय तह रहेकाे डडेल्धुरा मा अालिताल घर भएकी दिपा भण्डारी अध्यक्ष रहने गरी सर्वसम्मत कार्य सतिति चयन गरिएको छ ।
जसमा उपाध्यक्षमा सुरज तमाैलि , सचीव प्रसान्त कर्कि ,सह–सचिव दिपकराज भट्ट , कोषाध्यक्ष सावित्री गुरुङ , चयन भएका हुन । यस्तै सदस्यमा श्याम अाेलि ,सन्जना पाठक, डम्बर बि क ,जनक जाेशि ,शान्ति अवस्थि, केशव पन्त ,दिनेश भाट ,प्रेम साउद ,राजेन्द्र बि क चयन भएका छन् ।
राष्ट्रिय स्वयंसेवक संघ युवा संगठन डडेल्धुरा समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेको विभिन्न पक्षमा जनचेतनामुलक अभियान संचाल गर्नेछ । साथै आगामी दिनमा समाजमा रहेका कुरिती कुसंकार र भ्रष्टाचार जस्ता क्रियाकलपलाई न्युनीकरण गर्दै समाज रुपान्तरण सहितको राष्ट्र निर्माणको देश ब्यापी अभियानमा लाग्ने निर्वाचित अध्यक्ष दिपा भण्डारी ले बताएकी छिन ।
डडेल्धुरामा रहेका कुरिती कुसंकार र भ्रष्टाचार जस्ता क्रियाकलपलाई न्युनीकरण गर्न, सामजमा भएको राम्रा कार्यलाई क्षमतावना मानिसहरुलाई कसरी अगाडी बढाउने भन्ने विषयमा लागि पर्ने बताईन् । यसमा सबैको साथ र सहयाेगकाे खाचो पर्ने बताए ।संगठनले बाजुराका क्षमतावना युवाको कला र अन्य क्रियाकलापमा बढी जोड दिने बताईन् । युवाहरुको नेतृत्वका साथै उनीहरुको व्यक्तित्व विकास र सामाजिक कार्य अगाडि बढाउन अहम भुमिका खेल्ने उनले बताएकी छन् ।
राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेकोले अब सबै युवाहरुले लाग्नु पर्ने निर्वाचित सदस्यहरुकाे भनाइ रहेकाे छ । देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेकाले अब सबै युवाले एकजुट भएर लाग्नु पर्ने बताए ।

समाजसेवा मार्फत समृद्धिको बाटोमा आगाडि बढाई सेवा नै धर्म हो भन्ने भावनाअनुरूप यस अभियानलाइ आत्मसाथ गर्दै समाज सेवाले नै सुशासन निर्माण गर्न सकिन्छ भन्ने मुल मन्त्रलाई लक्षित गर्दै देसभर समाजसेवी मन भएका मनहरुलाइ संगठित गर्दै समाज सेवा तर्फ उत्प्रेरित गर्ने उद्देश्य लियर समाजको सेवामा सक्रिय रहन सशक्त सस्था स्वयंसेवक संघ नेपालको प्रचलित कानुनको बिधान दर्ता ऐन २०३४ को अधिनमा तर्जुमा गरियको बताए ।
समुदायमा सामाजिक जागरणको माध्यमबाट लैङ्गिक तथा जातीय विभेदलाइ कम गर्न जनचेतना अभिवृद्धिमा जोड दिने यस संस्थाको मुख्य उदेश्य रहेको छ ।
एक बर्ष अघि समाजसेवा गर्ने उदेश्यले बिस्तार भएको यो संगठन अहिले नेपालका सात वटै प्रदेशमा गठन भइसकेको र अब सबै जिल्लाहरुमा पनि यसको संगठन बिस्तार गर्ने राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष हिक्मत शाहले बताएका छन् । उनका अनुसार सुदुरका बाहेक सबै जिल्लामा याे संगठन गठन भईसकेकाे छ ।



सम्बन्धित
Loading...