नवलपुरमा ३७ हजार बालबालिकालाई खुवाइयो भिटामिन ए


नवलपुर । पूर्वी नवलपरासीमा विहीबार ३७ हजार बालबालिकालाई भिटामिन ए खुवाइएको छ ।



जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार त्यसैगरी ३० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइएको छ ।

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रम अनुसार विहीबार र शुक्रबार देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै छ ।



नवलपुरमा ३ सय ५९ जना महिला स्वास्थ्य स्वयम् सेविकाले ३ सय ५९ वटा केन्द्रबाट भिटामिन ए र जुकाको औषधि खुवाएका हुन् । विहीबार छुटेकालाई शुक्रबार खुवाइदै छ ।



सम्बन्धित
Loading...