देवचुलीको धारापानीमा दुर्घटना, दुई जना घाइते




देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ धारापानीमा मंगलबार साँझ सडक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

ग १ क ४८६६ नम्बरको बस र प्र. ३–०२–०१२ प १६२४ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएको हो ।




दुर्घटनामा परी स्कुटी चालक देवचुली ११ निवासी २१ बर्षीय निश्चल घिमिरे र सोही स्कुटीमा सवार २१ बर्षीय सुनिल पौडेल क्षत्री गम्भीर घाइते भएका छन् ।

उनीहरुको हात, ढाँड, खुट्टामा चोट लागेको नवलपुर प्रहरीले जनाएको छ । ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको छ ।

https://www.youtube.com/watch?v=BJICR96jcfE&t=58s

 



सम्बन्धित
Loading...