नवलपुरमा एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै कार्यालय स्थापना
- -रामकुमार श्रेष्ठ –

नवलपरासी, २६ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र नवलपुरले छुट्टा छुट्टै कार्यालय स्थापना गरेको छ ।
सर्वोच्च अदालतको फैसाला पछि नवलपुर जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रको छुट्टा छुट्टै कार्यालय स्थापना गरेको छ ।
यस अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहँदाको संयुक्त पार्टी कार्यालय रहेको कावासोती ८ शैक्षिक चोकमा रहेको पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्रले पार्टी स्थापना गरेको नेकपा माओवादी केन्द्र नवलपुरका संयोजक मित्र शरण शर्मा विहानीले बताए ।
त्यसैगरी नेकपा एमाले नवलपुरले कावासोती ८ फिलिम हल चोक निर पार्टी कार्यालय स्थापना गरेको छ । यस अघि एमाले रहँदा पार्टी कार्यालय रहेकै स्थानमा पार्टी कार्यालय राखिएको नेकपा एमाले नवलपुरका तत्कालिन सहसंयोजक तथा पूर्व सांसद जीवन श्रेष्ठले बताए ।
नेकपा एमालेले उक्त स्थानमा बुधबार नेकपा एमाले नवलपुर खेलिएको बोर्ड समेत राख्ने कार्यक्रम राखिएको श्रेष्ठले दाउन्ने न्यूजलाई बताए ।