साढे ७ महिनाको अवधिमा नवलपुरमा १९ महिला बलात्कृत


कृशला सापकोटा –
नवलपुर जिल्लामा पछिल्लो आर्थिक बर्ष अर्थात साढे ७ महिनाको अवधिमा १९ वटा महिला बलात्कार तथा यौन दुव्र्यहारका घटना दर्ता भएका छन् ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरमा मात्रै पछिल्लो साढे ७ महिनामा जबरजस्ती करणीको १५ वटा, जबरजस्ती करणीको एउटा, बाल यौन दुव्र्यहारको २ वटा र अप्राकृतिक मैथुनको एउटा गरी १९ वटा मुद्दा दर्ता भएका छन् ।

जसमध्ये १९ जना नै पक्राउ परेको नवलपुर प्रहरीले जनाएको छ । नवलपुरमा सरदर एक महिनामा २ देखि ३ वटा बलात्कार तथा यौनदुव्र्यहारको घटनाहरु सार्वजनिक हुने गरेको प्रहरीको तथ्यांकमा देखिएको छ।




https://www.youtube.com/watch?v=CvQOlSJfYqg



सम्बन्धित
Loading...