पाल्ही नन्दन ४ मा १५ सैयाको अस्पताल


  • रामकरण हरिजन – 


पाल्हीनन्दन । पाल्हीनन्दन गाउँपालिकाले पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका ४ लोहरौलीमा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई स्तर वृद्धि गरी १५ सैयाको अस्पताल सञ्चालन गर्ने भएको छ ।




चैत्र मसान्त भित्र अस्पताल सञ्चालनमा आउने पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख धर्मजित पटेलले जानकारी दिए ।

अस्पतालको नयां भवन निर्माणमा ठेकेदारको ढिलाईका कारण समयमै भवन निर्माण हुन नसक्दा अस्पताल सञ्चालनमा केही ढिलाई भएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दीपक गुप्ताले बताए ।

चैत्र मसान्त भित्र प्राथमिक स्वास्थ्य चौकीलाई विस्तार गरी अस्पतालको रुपमा संचालन गर्ने पाल्हीनन्दन गांउपालिकाल जनाएको छ ।

अस्पतालको रुपमा संचालनमा आएपछि प्राथमिक उपचार लगायत विभिन्न रोगहरुका साथै हाईड्रोसिल, एपेनडिक्स, पाठेघर खस्ने जस्ता रोगको अप्रेसन लगायतको सेवा सञ्चालनमा आउने पाल्ही नन्दन स्वास्थ्य शाखाका प्रमुख धर्मजित पटेलले जानकारी दिए ।

https://www.youtube.com/watch?v=os6tnl0xP4c



सम्बन्धित
Loading...