देवचुली ९ पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा – फोटो फिचर
कृशला सापकोटा –
देवचुली । पूर्वी नवलपुरको देवचुली नगरपालिका वडा नं ९ लाई पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ ।
देवचुली नगरपालिकाको वडा नं. ९ लाई आइतबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले नमुना पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरेका हुन् ।
देवचुली ९ देवचुली नगरपालिकाकै पहिलो नमूना पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा भएको छ ।
देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले नगरपालिकालाई नै नै छिट्टै पूर्ण सरसफाई उन्मुख नगरपालिका बनाउने बताए ।
देवचुली वडा नं ९ ले ४५ वटा सुचक पूरा गरी पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले घोषणा सँगसँगै सरसफाइ सम्बन्धि सचेतना फैलाउनु आवश्यक रहेको बताए ।
कार्यक्रममा दिगो खानेपानी तथा सरसफाई उपभोक्ता संस्था (नापाबास) का प्रमुख प्रविन घिमिरेले वडावासीको अथक प्रयासले वडालाई सरसफाई अन्मुख वडा घोषणा गर्न सकिएको बताए ।
कार्यक्रम वडा अध्यक्ष मेख बहादुर सारु मगरको अध्यक्षतामा भएको थियो । उनले वडालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्न वडाबासीले खेलेको योगदानप्रति धन्यवाद व्यक्त गरेका थिए ।
वडा सदस्य टेकबहादुर गाहा मगरले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य रिल कुमारी तामाङले स्वागत गरेका थिए ।
कार्यक्रममा वडालाई पूर्ण सरसफाई वडा घोषणा गर्न सहयोग पुर्याउने संघसंस्थालाई कदरपत्रले सम्मान समेत गरिएको थियो ।








