वडाध्यक्ष बने ‘ओलम्पिक प्रशिक्षक’


कृशला सापाकोटा –



नवलपरासी, ३ चैत्र । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ७ का वडा अध्यक्ष भुपराज पाठक नेपाल ओलम्पिक कमिटिले प्रकाशित गरेको राष्ट्रिय कराँते प्रशिक्षकहरुको सूचीमा सूचिकृत भएका छन् ।




वडाध्यक्षमा निर्वाचित भई सकेपछि पनि स्थानीय स्तरमा देवचुली डोजाङ्ग गठन गरेर स्थानीय युवा युवतीहरुलाई कराँते सिकाई रहेका छन् ।

वडाध्यक्ष पाठकलाई नेपाल ओलम्पिक कमिटिले एक बर्षको लागि राष्ट्रिय प्रशिक्षकको रुपमा सूचिकृत गरेका हुन् ।

वि.सं. २०६१ सालबाट कराते खेल्न सुरु गरेका पाठकले वि.सं. २०६३ को चैत्रमा ब्ल्याक बेल्ट प्राप्त गरि करातेको प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए ।

सुरुवाती दिनमा भिमसेन आदर्श माध्यमिक विद्यालय रामबास र पृथ्वी माध्यमिक विद्यालय पृथ्वीनगरबाट प्रशिक्षण सुरु गरेका उनले देवचुली नगरपालिका ७ मा देवचुली डोजाङ्ग मार्फत कराँतेका खेलाडीहरु उत्पादन गरिरहेका छन् ।



सम्बन्धित
Loading...