नवलपुरमा पिकअफ सहित ४३ क्युफिट काठ बरामद




नवलपुर । नवलपुर प्रहरीले बोलेरो फिकअफ सहित ४३ क्युफिट काठ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ गिरुवारी खोलाबाट हुप्सेकोट गाउँपालिका २ ल्याउँदै गरेको अवस्थामा काठ बरामद गरेको हो ।




लु १ ज १८८८ नम्बरको बोलेरो पिकअफलाई शंका लागि रोकेर चेकजाँच गर्ने क्रममा सालको चिरानकाठ ८६ थान अर्थात ४३ दशमलब ३१ क्युफिट बरामद गरेको हो ।

बरामद काठ र बोलेरो पिकअफ प्रहरीले आवश्यक कारवाही र थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय नवलपुर पठाइएको जनाएको छ ।



सम्बन्धित
Loading...