नवलपुरको सिजीमा दुर्घटना एक जना घाइते
कृशला सापकोटा –
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका सिजी गेट अगाडि सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरेको लु १ ख ९५४२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको लु ३१ प ६३७८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक घाइते भएका हुन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक देवचुली नगरपालिका १६ निवासी २६ बर्षीय पृथ्वीबहादुर गाहा मगरको अवस्था मध्यम रहेको र उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको ट्रक, मोटरसाइकल र ट्रक चालक इलाका प्रहरी कार्यालय रजहरको नियन्त्रणमा रहेको रहजर प्रहरीले जनाएको छ ।
