कावासोतीमा १ लाख ३० हजार पुरस्कार राशीको नकआउट फुटबल प्रतियोगिता हुने – भिडियो सहित
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा माघ १३ गतेदेखि प्रथम सेन्टजोसेफ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता रुपन्देही, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका गरी १६ वटा समूहको सहभागिता रहने आयोजक सेन्ट्रल कलेज २८ विगाहा युवा क्लबले जनाएको छ ।
शुक्रबार कावासोतीमा आयोजना गरिएको पत्ररका सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगिता नकआउट चरणको आधारमा खेलाइने छ भने प्रतियोगितामा दैनिक १ खेल हुने छ ।
https://www.youtube.com/watch?v=fCC1fW-zQgg
प्रतियोगितामा प्रथम हुनेले १ लाख ३० हजार र द्वितीय हुने समूहले ८० हजार नगद पुरस्कार पाउने छन् ।




