भगवती मन्दिर जाने सडक धुलै धुलो
रामकरण अम्बेडकर परासी :
पश्चिम नवलपरासी पाल्ही भगवती मन्दिर जाने बाटो खालटा खुल्टीका कारण धुलै धुलो ।
रामग्राम ७ उजैनी देखि पाल्ही भगवती मन्दिर जानको लागि लक्षित गरी बाटो बनाईएको हो अहिले खालटा खुलटीको करण धुलोको मात्रा अत्यधिक हुँदा लोहरौली पाल्हीमा प्रदूषणको दर बढेको छ । धुलो व्यवस्थापनको लागि स्थानिय सरकारले चासो नलिंदा पाल्हीनन्दन वडा नं ४ मा पर्ने लोहरौली पाल्हीवासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको स्थानियहरले गुनासो गरेका छन ।
यो सडकमा दई पाङग्रे देखि दश पाङग्रे सम्मका मालवाहक गाडीहरु आवत जावत गरिरहेको छ प्रत्येक वर्ष सडक मर्मत गर्नु पर्नेमा अहिले सम्म मर्मत नगरेको र खालटा खुलटीकै कारण दुर्घटना भएको स्थानियहरुले बताएका हुन ।
वडा नं ४ लोहरौली पाल्हीको सडक खालटा खुलटीका कारण धुलोको मात्रा बढेको छ । साथै पिच नगरीएसम्म सडक अत्यन्तै धुलो हुने देखिएको छ । जसले गर्दा यात्रुहरू तथा सडक वारीपारी बसोबास गर्ने जनताहरूको जनजीवनमा नकारात्मक असर परिरहेको छ ।
“दिनभर धूलो आएर दिक्क बनाउँछ, यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर भइरहेको स्थानियहरुले बताएका छन ।
यहांका स्थानियहरुका अनुसार सडक खालटा खुलटी भए देखि झन् धुलोको मात्र ह्वात्तै बढ्यो । धुलोसँग सम्बन्धित समस्या नभोग्ने मानिसहरू सायदै भेटिएलान् । वर्षातको समयमा यस वडाका बासिन्दाले हिलो र धुलोबाट मुक्ति अझै पाएका छैनन् । धुलोकै कारण विभिन्न रोगहरू पाल्न बाध्य छन् सडक वरिपरिका बासीन्दाहरु । धुलो छल्न मास्क, रुमाल प्रयोग गरे पनि धुलाका मसिना कण हावासँगै फैलिएर फोक्सोसम्म सजिलै पुग्ने चिकित्सकहरू बताउँछन्। साथै धुलोका कारण आँखामा पनि उस्तै समस्या देखिने गरेका छन ֦
यो बाटो बनाएको ७ वर्ष भईसकयो तर अहिले सम्म स्थानिय सरकार राज्यले बाटो पुन कालो पात्रो नगरिएको कारण अधिक मात्रामा धुलो उडिरहेको दावी गरेको छन ।