दलित तथा उतपिडित समाज उत्थान विकास मंचको वडा स्तरिय भेला


रामकरण अम्बेडकर परासी ꓽ



पश्चिम नवलपरासी पाल्हीनन्दनमा दलित तथा उतपिडित समाज उत्थान विकास मंचको वडा स्तरिय भेला समपन्न  ।

पाल्हीनन्दन ६ मा वडा स्तरिय दलित समुदायका ब्यक्तिहरु संग समाजिक राजनितीक सम्बन्धमा छलफल गरी विचार विमर्स समपन्न भई यस विषयमा पुर्तीको लागि लौहर हरिजनको अध्यक्षतामा २७ सदसीय दलित तथा उतपिडित उत्थान विकास मंच गठन गरियो ।




यस कार्यक्रममा पाल्हीनन्दन वडा नं ६ मा पर्ने लंगडीपाकड सनई रगरगंज पडरीका पुरुष महिला लगायत ५५ जना उपस्थिती रहेका थिएं ।

अहिले दलित समुदाय संग आर्थिक अवस्था कमजोर रहेको तर भोटमा सब भन्दा बढी देखिएको कारण दलित समुदायको ब्यक्ति लाई उमेदवारी दिनको लागि पार्टीका कार्यकर्ताहरुले पैसा खर्च गर्न सकनु हुन्छ भन्दै पार्टीहरुले दलितहरु लाई टिकट दिनमा आलटाल गरेको दलित उमेदवारले बताएका छन ।

दलितहरुलाई चुनावको बेला उमेदवारी दिनको लागि पार्टीहरुले आर्थिकको हैसियत हेर्छ तर पार्टीमा सदस्यता दिनको लागि छाप्रोको घरमा पुगी सदस्यता दिन्छन अब हामी भोटर भएर मात्र बस्दैनौ हामीलाई पनि बराबरको उमेदवारी चाहियो दलितहरुले दावी गरेका छन ।

दलित उमेदवारको लागि हामी आफनो घरबाट खाएर प्रचार प्रसार गर्छौ आवश्यक परेको बेला आवश्यकता अनुसार हामी आफैमा चन्दा उठाउछौं तर उमेदवारी गर्नबाट पछाडी बस्दैनौ बकताहरुले बताए ।

दलित वर्गको नाम्मा बिचौलियाहरुले लाखौं  रुपैया  चुनावमा कमाउछन तर यी समुदायको नाम बदनाम बदनाम गर्छन  चुनावमा हामीलाई कुनै सामाग्री, पैसा, चाहिदैन हामीलाई हाम्रो अधिकार र हामीले पाउनु पर्ने सेवा सुविधा दिने सरकार चाहियो  उपस्थित रहेका दलितहरुले बताए ।



सम्बन्धित
Loading...