चितवन राष्टिय निकुन्जमा नाै महिनामा ३३ गैडाकाे मृत्यू

चितवनमा दुलर्भ एकसिङे गैंडा मृत फेला परेको छ।माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आइतबार बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो।गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ।
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैंडा मरेका छन्।तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए।
पति-पत्नीबीचको झगडाले गर्भको बच्चालाई कस्तो असर गर्छ ?
श्रीमान-श्रीमतीबीच सानोतिनो झगडा हुन्छ । तर तपाईं आमाबुबा बन्न लाग्नुभएको छ भने यसले गर्भमा रहेको बच्चाको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । डाक्टरहरूले गर्भवती महिलालाई जुनसुकै अवस्थामा पनि खुसी राख्नुपर्ने सल्लाह दिन्छन् ।
यदि गर्भवती महिला कुनै तनावमा रहन्छिन् भने यसले मुटुको धड्कन बढाउँछ । रक्तचाप बढ्छ र गर्भमा रहेको बच्चामा अक्सिजन आपूर्ति प्रभावित हुन सक्छ । यसकारण अप्रत्यक्ष रुपमा श्रीमान-श्रीमतीबीचको झगडाले गर्भमा रहेको बच्चालाई पनि असर पार्ने चिकित्सकहरु बताउँछन् ।
बच्चाको मानसिक विकासमा बाधा आउन सक्छ
गर्भावस्थामा अत्यधिक रुनु वा रिसाउनु शिशुको स्वास्थ्यका लागि राम्रो होइन । यसले गर्भमा रहेको बच्चाको मानसिक विकासमा बाधा पुर्याउन सक्छ । बच्चाको सोच्ने क्षमतालाई असर पार्छ र तनावका कारण बच्चा जन्मेपछि चिन्ताको शिकार हुन सक्छ ।
झगडाका क्रममा यदि शारीरिक यातनासम्मको घटना भयो भने चोटपटकका कारण गर्भमा रहेको शिशुको ज्यान समेत जान सक्छ । रक्तस्रावलाई गर्भपातको लक्षण मानिन्छ । श्रीमान-श्रीमतीबीच झगडा हुनु सामान्य कुरा हो, तर यसले तपाईंको गर्भमा रहेको बच्चाको स्वास्थ्य बिगार्छ र स्वास्थ्यको कुरा गर्दा आमा र बच्चाको स्वास्थ्यसँग खेलवाड गर्न सकिंदैन ।
बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम हुनसक्छ
यदि गर्भावस्थामा दम्पतीबीच झगडा भए बच्चाको रोग प्रतिरोधात्मक क्षमतामा दबाब पर्न सक्छ र भविष्यमा बच्चा रोगको शिकार हुन सक्छ । आमाको बढ्दो तनावले बच्चामा पनि नराम्रो असर गर्छ ।
भ्रूणमा अक्सिजनको मात्रा कम हुनसक्छ
गर्भावस्थाको समयमा झगडाका कारण तनाव बढ्दा गर्भवती महिलाको मुटुको गति बढ्न सक्छ, जसले उच्च रक्तचापको समस्या हुनसक्छ । यसले गर्दा पाठेघरमा अक्सिजन कम हुने र बच्चालाई रगतको आपूर्ति नहुन सक्छ ।
गर्भावस्थामा दम्पतीबीचको झगडाबाट कसरी बच्ने ?
गर्भावस्थामा एकातर्फ शरीरमा आउने परिवर्तनसँग समायोजन गर्नुपर्ने हुन्छ भने अर्कोतर्फ मानसिक तनावसँग जुध्न पनि गाह्रो हुन्छ । गर्भावस्थामा हर्मोनमा परिवर्तन हुने र भावनामा हुने परिवर्तनले शरीरमा नराम्रो असर गर्छ । दम्पतीले केही सजिलो तरीका अपनाउनुपर्छ, जसको मद्दतले गर्भावस्थामा मानसिक तनावबाट बच्न सकिन्छ ।
-पार्टनरसँग गर्भमा रहेको बच्चाको गतिविधिबारे छलफल गर्नुहोस् र उनीहरूको विचार जान्नुहोस् । साथै, पेटमा रहेको बच्चाको लागि योजना बनाउन पनि सकिन्छ ।
-एकअर्काको लागि समय निकाल्नुहोस्, यदि दम्पती दुवै जना काम गर्दै हुनुहुन्छ भने तपाईंले दिनमा केही समय सँगै बिताउनुपर्छ ।
-सँगै घुम्न जानुहोस् । साथै, ध्यान, योग र व्यायामलाई समय दिनुहोस् ताकि दिमाग शान्त रहोस् र झगडा नहोस् ।
-सँगै डाक्टरकहाँ जानुहोस्, यसबाट दुवैले शारीरिक परिवर्तनहरु बुझ्न सक्छन् ।
-गर्भावस्था हरेक जोडीको लागि विशेष अवसर हो । यस समयमा दुवैले बच्चालाई खुसी र उत्साहका साथ स्वागत गर्ने तयारी गर्नुपर्छ र आपसी मनमुटावलाई बेवास्ता गर्नुपर्छ ।