तीनजना शिक्षकले लगातार यौन दुर्व्यवहार गरेपछि विद्यार्थीले गरे विद्यालय ताेडफाेड


 




पुर्वीमकवानपुर एउटा बिद्यालयमा शिक्षकहरूले यौन दुर्व्यवहार गरेको भन्दै बिद्यार्थीहरूले विद्यालय तोडफोड गरेका छन् ।

 

आफूहरूमाथि शिक्षकहरूले यौन दुर्व्यवहार गरेको भन्दै मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर ८ मा रहेको जनता माविका बिद्यार्थीहरू तोडफोडमा उत्रेका हुन् । घटना सार्बजनिक भएपछि आफूहरूमाथी सुरक्षा चुनौती भएको पीडतहरूले बताएका छन् ।

 


जनता माबिका शिक्षकहरू रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकले फापरबारी-३ का छात्राहरूलाई लामो समयदेखि लगातार यौन दुर्व्यवहार गरेको भन्दै बिद्यालय प्रशासनसमक्ष निवेदन दिएका थिए । निवेदनपछि बिद्यालय प्रशासनले राखेको छलफलमा आफूहरूलाई चित्त नबुझेपछि तोडफोड गरेको छात्राहरूले बताएका छन् ।

 

बिद्यालयका ३ जना शिक्षकले कक्षाकोठामा रहँदा गलत नियतले संबेदनसिल अंगहरूमा छुने, अपशब्द बोल्ने गरेको बिरुद्व कक्षा ९, १० र ११ मा अध्ययनरत छात्राहरूको आरोप छ ।

 

अफूहरूलाई शिक्षकहरूकाे व्यवहार असह्य भएपछि छात्राहरूले १४ चैतमा शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकविरुद्ध विद्यालयमा निवेदन दिएका थिए।

 

निवेदनपछि छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो। बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरूले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका प्रधानाध्यापक बसन्त राईले जानकारी दिए।

 

तोडफोडपछि विद्यालयमा सुरक्षा दिइरहेको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार शिक्षकहरू बिदामा रहेकाले पक्राउ गर्न सकिएको छैन । यस जिल्ला प्रहरी कार्यालय मकवानपुर सहीत जिल्लाका अधिकारकर्मी संघसंस्थामा उजुरी प्राप्त भएको बताईएको छ ।

 

मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले विद्यालयमा तोडफोड भएको खबर आएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी परिचालन गरिएको बताए।

 

तोडफोडबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रध्यानाध्यापक राईले बताए । आफूहरूलाई नियमितरूपमा दुर्ववहार भएपछि आन्दोलनमा उत्रेर बिद्रोह गर्नु परेको विद्यार्थीहरूले बताएका छन् । घटनाt आजबारे कार्यालयमा जानकारी प्राप्त भएको र यसबा अनुसन्धान भइरहेको सिविन बाल हेल्पलाईन मकवानपुरले जनाएको छ ।

 

घटनाबारे मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला सन्जालले पनि आफ्नो ध्यानाकर्षण भएको र घटनाबारे भोलि स्थलगत रूपमा अनुसन्धानको काम सुरू गर्न बताएको छ ।स्थानीय शिक्षक र स्थानीय विद्यार्थी भएकोले पनि उजुरीपछि उनीहरूले सुरक्षित रहन डर भएको बताए ।

 

“हामीलाई समर्थन गर्दै दुर्व्यवहार विरुद्धमा आवाज उठाउने अरू साथीहरू र सरहरूलाई पनि गाउँमा बस्न डरमर्दो भो” एक छात्राले भनिन् “हामीले गलत कदमलाई गलत भनेका हौ, ति सरहरूलाई कारवाही होस् ।” जनता माबि हेटौंडाबाट ६५ किमी पुर्वमा पर्दछ ।



सम्बन्धित
Loading...