देवचुली नगरमा स्थानीय तह निर्वाचन : यस्ता छन् तीन ठूला दलका आकाङ्क्षी

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पनि त्यसको रस्साकस्सी सुरू भएको छ ।
देवचुली नगरपालिकामा नगरप्रमुखमा तीन ठूला दलका स्थानीय नेताहरुले नगरप्रमुख पदमा आकाङ्क्षा देखाउने क्रम बढेको छ । त्यसो त, कतिपयले सामाजिक सञ्जालमार्फत नै आधिकारिक घोषणा गरेका छन् भने कतिपयले चिया पसल, पार्टी कार्यकर्तामाझ त कतिपयले आफूभन्दा उपल्लो तहका नेताहरुलाई भेटेर आकाङ्क्षा प्रकट गर्ने गरेका छन् ।
यसअघि नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेले जित हात पारेको यस नगरपालिकामा कांगे्रसलगायत सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर निर्वाचनमा होमिए थप कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यहाँ कांग्रेसबाट निर्वाचित नगरप्रमुख पूर्णकुमार श्रेष्ठले आफू पुनः नगरप्रमुख नदोहोरिने सार्वजनिकरुपमै घोषणा गरेपछि कांग्रेसभित्रै पनि नगरप्रमुख पदका लागि आकाङ्क्षीहरु बढ्दैछन् । कांग्रेसबाट एक दर्जन बढी आकाङ्क्षी देखिएका छन् ।
कांग्रेसबाट आकाङ्क्षीहरु
कांग्रेसबाट हाल सबैभन्दा बढी विष्णु भुसाल, भोजेन्द्र रायमाझी, अशोक बस्ताकोटी, डिल्लीराम कडरिया, धर्म बस्याल, दया तिवारी, रेशम सापकोटा, रविनाथ सापकोटालगायतको चर्चा रहेको छ ।
विष्णु भुसाल सरकारी कर्मचारी हुन् । उनी अहिले एउटा मन्त्रालयमा कार्यरत छन् । त्यसैगरी, कांग्रेसका भोजेन्द्र रायमाझी क्रसर व्यवसायी हुन् । अशोक बस्ताकोटी, डिल्लीराम कडरिया, धर्म बस्याल, दया तिवारी, रेशम सापकोटा, रविनाथ सापकोटा पनि कांग्रेसबाट नगरप्रमुख पदका दाबेदारका रुपमा रहेका आकाङ्क्षीहरु हुन् ।
डिल्लीराम कडरिया देवचुली नेपाली कांग्रेस नगर सभापति हुन् भने रविनाथ सापकोटा कांग्रेस देवचुली नगर सभापतिमा कडरियासँग मत बराबर भई चिट्ठा प्रणालीमा पराजित भएका हुन् ।
एमालेका आकाङ्क्षीहरु
नगर उपप्रमुख पदमा एमालेले जित हात पारेको देवचुली नगरपालिकामा नगरप्रमुखमा राम्रो छवि भएका उमेदवार उठाए एमालेले सजिलै जित हात पार्न सक्छ भन्ने पक्षमा नेकपा एमाले रहेको छ । त्यसकारण पनि यहाँ नगरप्रमुखमा एमालेको पनि रस्साकस्सी पर्ने देखिन्छ । यहाँ एमालेबाट १० बढी आकाङ्क्षी देखिएका छन् ।
देवचुली नगरपालिकाकी नगर उपप्रमुख पार्वता तिवारीले एमालेबाट नगरप्रमुखमा आकाङ्क्षा देखाएकी छन् । त्यसैगरी, प्रगतिनगर खानेपानीका अध्यक्ष खिमानन्द भुसालले पनि यसअघिदेखि नै आफू नगरप्रमुख पदका दाबेदार रहेको प्रस्तुत गर्दै आएका थिए ।
एमालेबाटै भीमसेन माविका प्रधानाध्यापक रामप्रसाद शर्माले पनि नगरप्रमुख पदमा उमेदवारी दिने आकाङ्क्षा देखाएका छन् । त्यसैगरी, एमालेबाटै होमनाथ जैसी, हरि न्यौपाने, धर्मदत्त भुसालले पनि आकाङ्क्षा देखाएका छन् ।
जैसी पत्रकार पनि हुन् भने हरि न्यौपाने नेकपा क्रान्तिकारी माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेर २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट उमेदवार हुन् । न्यौपाने नेपाली कांग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित भएका थिए ।
माओवादी केन्द्रका आकाङ्क्षीहरु
देवचुली नगरपालिकामा यसअघिको स्थानीय तहको निर्वाचनमा एउटा वडामा जित हात पारेको नेकपा माओवादी केन्द्रबाट पनि यहाँ नगरप्रमुख पदमा चार जना आकाङ्क्षी देखिएका छन् । स्रोतका अनुसार माओवादी केन्द्रबाट सत्यनारायण भुसाल, लोकप्रसाद भूर्तेल, प्रेमा खनाल र नेत्र पाण्डेको नाम चर्चामा रहेको छ ।
नवलपुरमा कांग्रेसलगायतका सत्ता गठबन्धन दल स्थानीय तहको निर्वाचनमा समेत गठबन्धन गरेर जाने सहमति भएको कारण पनि माओवादी केन्द्रले देवचुली नगरपालिकामा गठबन्धनबाटै मेयर वा उपमेयर पदमा दाबी गर्न सक्ने सम्भावना प्र