तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवारमाथि कुटपीट

तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको उनका बुबा तथा काँग्रेसका पूर्व नेता गोविन्दराज ले र बताए ।
प्रत्यासी जोशीको टाउकोमा चोट लागेको छ । मतपत्र च्यातिएपछि विवाद हुँदा उनीमाथि आक्रमण भएको बुझिएको छ । जोशी एमालेको समेत समर्थन मेयरको उम्मेदवार बनेका हुन् ।
एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । सुवेदीले भरतपुर १२ मोहन माविबाट मतदान गरेका हुन् ।
मतदान गर्दै सुवेदीले आफू उत्साहित रहेको प्रक्रिया दिएका छन् । यस्तै मेयरकी अर्की उम्मेदवार गठबन्धनकी रेनु दाहालले पनि मतदान गरेकी छन्।