भरतपुरको मतपरिणाममा पासा पल्टियो : रेनुलाई सुवेदीले पछि पारे

आम नागरिकको विशेष चासोको विषय रहेको भरतपुर महानगरपालिकामा मतपरिणाममा पासा पल्टिएको छ ।
निरन्तर रुपमा अग्रता कायम गर्दै आएकी भरतपुर महानगरमा गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेकी नेकपा (माओवादी केन्द्र) रेनु दाहाललाई नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीले झिनो अग्रता लिएपछि भरतपुरको मतपरिणाममा पासा पल्टिएको हो ।
माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई एमालेका सुवेदीले तीन मतले पछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार सुवेदीले २४६८ मत प्राप्त गरेका छन् भने दाहालले २४६५ मत ल्याएकी छन् ।
सुवेदीलाई राप्रपाले पनि सघाएको छ । अहिले भरतपुर महानगर वडा नम्वर २ को मतगणना जारी रहेको छ । उक्त वडामा एमालेले अग्रता लिने आँकलन गरिएको छ ।
त्यस्तै कांग्रेसका बागी भएर स्वतन्त्र रुपमा उम्मेदवार बनेका जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन् । यसअघि रेनुले झिनो मतले निरन्तर अग्रता कायम गर्दै आएकी थिइन् ।