लक्ष्मणघाटकाे जल बनकट्टामा विसर्जन
कपिलवस्तु,
कपिलवस्तुमा अवस्थित लक्ष्मणघाटकाे जल बनकट्टाकाे गजगत्रदेवी मन्दिरमा विसर्जन गरिएको छ । जिल्लाको शिवराज नगरपालिका-१, बनकट्टाकाे मन्दिरमा साेमबार
विसर्जन गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष गाेमादेवी पाण्डेले २१-२१ जना पुरुष र महिला साउन महिनाभर निराहार व्रत बसेर पूजाअराधना गरि विसर्जन गरिएको बताइन् । उनले महायज्ञ रुद्रीकाे प्रस्ताव राखेर पुजाकाे संज्ञतासमेत गरिएको उनले जिकिर गरिन् ।
संस्थापक व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर न्याैपानेले साउन महिनामा शिवका भक्तहरुले विशेषगरी पुजाआज गर्ने गरेकाे बताए । अध्यक्ष न्याैपानेका अनुसार उक्त मन्दिर भएकाे स्थानमा ४० वर्ष पहिले भूत भएकाे विश्वासले घण्टी बजाउने गरिन्थ्यो ।
पछि वास्तविकता बुझ्दा साे स्थानमा आफूले चिताएकाे पूरा हुने विश्वासले मन्दिर स्थापना गरी विगतदेखि नै प्रत्येक वर्ष यस पूजा अर्चना हुनेगर्छ । चिनाे हेराउने, ग्रह कटाउने र विवाह वर्तवन्ध लगायतको कार्य गर्नुपर्दा डिलाराम न्यापानेलाई सम्पर्क गर्न समेत व्यवस्थापन समितिले आग्रह गरेकाे छ ।