चितवनमा विप्लवका कार्यकर्ताबाट बुथ कब्जाको प्रयास, प्रहरीले चलायो गोली

चितवन –
चितवनमा विप्लव माओवादीका कार्यकर्ताहरुले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ।
राप्ती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा १५-२० को समुहमा आएका विप्लव कार्यकर्ताले मत पेटीका नियन्त्रणमा लिने प्रयास गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
‘प्रहरीले गोली चलाएपछि उनीहरु भागे’ प्रहरी प्रवक्ता विजयराज पण्डितले नयाँ पत्रिकासँग भने, ‘उनीहरु भागिसकेपछि अहिले शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ।’
राप्ती-८, खिर्कीस्थित ब्रम्हस्थानी विद्यालय मतदान केन्द्रमा विप्लव कार्यकर्ताद्वारा मतपेटिका जलाउने प्रयास गरिएको छ ।
निर्वाचन बहिस्कारको घोषणा गरेको विप्लव समूहले पर्खाल नाघेर मतपत्र जलाउने प्रयास गरेका थिए । सो क्रममा एक जनाको ज्याकेट जलेको थियो ।
करिब ५० जनाको संख्यामा आएको समूहले मतपेटिका जलाउन खोजे पनि जल्न पाएन । एकछिन मतदान रोकिएको थियो । अहिले मतदान पुनः सुचारु भएको छ ।