बालबालिकामा हुने दुर्व्यवहार सम्बन्धी सचेतनामुलक कार्यक्रम
कावासाेती । नवलपुरकाे कावासोती नगरपालिका वडा नं १३ को पिठौली आधारभूत विद्यालयमा बालबालिकाहरुलाई राम्रो र नराम्रो छुवाई, बालबालिकामाथि हुन सक्ने हिंसा तथा दुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम आज गरिएको छ ।
कार्यक्रम कावासोती नगरपालिकामा संचालित किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलान स्विजरल्याण्डको सहयोग, कावासोती वडा नं १३ को कार्यालय, विद्यालय र नवलपुर किशोरी संजालको समन्वयमा गरिएको राधा बोटेले बताईन।
कार्यक्रममा सहभागी बालबालिकाहरुलाई हिंसा तथा दुर्व्यवहार भनेको के हो? राम्रो छुवाई र नराम्रो छुवाई भनेको के हो? बालबालिका माथी हिंसा तथा दुर्व्यवहार कहाँ कहाँ, को बाट र कसरी हुन्छ? आफुलाई र साथीहरुलाई हिंसा तथा दुर्व्यवहार पर्यो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ र हटलाईन नम्बरहरु केके हुन् भन्ने बारेमा प्रस्तुतिकरण सहित तालिम सन्चालन गरिएको थियो ।
साथै सहभागी बालबालिकाहरुलाई हिंसा तथा दुर्व्यवहार कहाँ कसरी हुन्छ भन्ने सन्दर्भमा नमुनाको रुपमा अभ्यास मार्फत समेत सहजीकरण गरिएको अभियन्ता रेजिना घर्ती मगरले बताईन ।
कार्यक्रम निकै नै फलदायी रहेको र बालबालिकाहरुले राम्रो छुवाई र नराम्रो छुवाईको साथमा हिंसा र दुर्व्यवहारको बारेमा बुझेका र यसले उनीहरुको सिकाईलाई राम्रो हुने बिद्यालयका सहायक प्रधानाध्यापक सिता पाण्डेले जानकारी गराईन् ।
पछिल्लो समय बालबालिकामाथि हुन सक्ने हिंसा, दुर्व्यवहारहरु बढेकोले यसरी सजग गराउन सस्थालाई समेत अनुरोध गरे।
उक्त कार्यक्रमको सभाध्यक्ष विद्यालयको बाल क्लवका अध्यक्ष सलिना गाहा मगर, प्रमुख अतिथि विद्यालयका सहायक प्रधानाध्यापक सीता पाण्डे र अन्य शिक्षिकाहरु, बालक्लवका प्रतिनिधिहरु, विद्यालयमा अध्ययनरत बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
किशोरी अभियन्ता घर्तिमगरले सहजीकरण गर्नु भएको सो कार्यक्रममा ५० जना बालबालिका र शिक्षक र अन्यको उपस्थिति रहेको थियो ।