विश्वदर्शन केवलको नेटमा कावासोतीका उपभोक्तामा ठगी


कावासोती । कावासोतीमा विश्वदर्शन केवलको नाममा सञ्चालित नेट र टेलिभिजन सेवाका नाममा हजारौं उपभोक्ता ठगिएका छन् ।


यो संस्थाले अहिले संस्थाको नाम फेरेर विज्ञापन टेक राखेको छ । ५० एमपीपिएसको १ हजार ७० रुपैयाँ लिएर ५ एमपिपिएस पनि नदिने गरेको उपभोक्ताले गुनासो गरेका छन् । त्यसका अलवा दैनिक ५/६ पटक १/२ घण्टाका दरले इन्टरनेट सेवा अवरुद्ध समेत हुने गरेको छ ।

यो केवलमा कावासोतीका सांसददेखि बौद्धिक व्यक्तित्वको समेत लगानी रहेको छ । एक जना शेयर सदस्यले भने – म आफै पनि आजित भएर म आफैले आफ्नो नेट सेवा प्रयोग गर्न छाडे ।



सम्बन्धित
Loading...